शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘काँग्रेसलाई सम्झाउनु छ’ भन्दै ओली पनि पुगे भृकुटीमण्डप

शुक्रबार, २४ मङ्सिर २०७८, १४ : ५९
शुक्रबार, २४ मङ्सिर २०७८

एमाले अध्यक्ष केपी शर्मा ओली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन् । ढिलागरी उनी एमाले महाधिवेशनको उद्घाटनसत्रमा सहभागी भएका हुन् । 

काँग्रेसको उद्घाटन सत्रलाई सम्बोधन गर्न जानुअघि आयोजित एक कार्यक्रममा ओलीले आफू काँग्रेसलाई सम्झाउन भृकुटीमण्डपमा जान लागेको बताएका थिए । नेपाली काँग्रेसलाई समेत एमालेले सम्झाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो । उनले भनेका थिए, ‘नेपाली काँग्रेसलाई समेत सम्झाउनुछ । त्यस कामका लागि अहिले म जाँदैछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप