शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको दायाँबायाँ ओली र माधव–प्रचण्ड

शुक्रबार, २४ मङ्सिर २०७८, १५ : १६
शुक्रबार, २४ मङ्सिर २०७८

एमाले अध्यक्ष केपी शर्मा ओली तिक्तता पूर्ण सम्बन्ध रहेका दुई कम्युनिस्ट नेता माधव कुमार नेपाल र प्रचण्डसँगै देखिएका छन् । ओली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका हुन् । सोही कार्यक्रमा नेपाल र प्रचण्डपनि सहभागी भएको सन्दर्भमा मञ्चको दृश्य रोचक देखिन्छ । 

मञ्चमा ओली काँग्रेस सभापति शेरबहादुर देउवाको दायाँतिर रहेका छन् भने नेपाल र प्रचण्ड देउवाको बाँयाँतिर रहेका छन् । ओलीले माधव नेपालको पार्टीलाई राजनीतिक पार्टीको हैसियत नै स्वीकारेका छैनन् भने प्रचण्डसँग पनि उनको सम्बन्ध राम्रो छैन । ओलीले आफ्नो महाधिवेशनमा नेपाललाई बोलाएका थिएनन् भने बोलाएका प्रचण्ड पनि सहभागी भएका थिएनन् । 

राजनीतिक तिक्तताका बीच तीन नेता आज एकै मञ्चमा देखिएसँगै उनीहरुले सम्बोधनका क्रममा के भन्लान् भन्ने चासो पनि रहेको छन् ।  ओलीले प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर गरेका हुन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता उनीसँग प्रचण्ड र माधव नेपालको राम्रो सम्बन्ध रहेको छैन भने पछि सर्वोच्चको आदेशको बलमा एमाले र माओवादी ब्यूँतिएको थियो । यता, माधव नेपालले एमाले नै विभाजन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप