शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस सभापतिका उम्मेदवार शेखरका सात सङ्कल्प

आइतबार, २६ मङ्सिर २०७८, ११ : ५६
आइतबार, २६ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले सात सङ्कल्प प्रस्तुत गरेका छन् । शेखरले यस पटक र यसै पटक भन्दै सात सङ्कल्प प्रस्तुत गरेका हुन् ।

शेखरका सङ्कल्पमा संविधान कार्यान्वयनको प्रतिबद्धता,  वैचारिक स्पष्टता, सुदृढ संगठन, विधानको पूर्ण पालना, क्रियाशील र जिम्मेवार भातृ एवं शुभेच्छुक  संगठन,  अनुभव र ऊर्जासहितको सशक्त काँग्रेस निर्माण, पारदर्शी निर्णय, जवाफदेही नेतृत्व, उत्तरदायी पार्टी, सहभागितामूलक लोकतान्त्रिक अभ्यास र प्रशिक्षित, मजबुत संगठन रहेका छन् ।

उनी संस्थापन इतर समूहका सभापतिका उम्मेदवार हुन् । उनले 'एक व्यक्ति एक जिम्मेवारी : एक पटकको लागि मेरो उम्मेदवारी'लाई आफ्नो नारा बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप