काँग्रेस सभापतिका उम्मेदवार शेखरका सात सङ्कल्प
आइतबार, २६ मङ्सिर २०७८, ११ : ५६
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले सात सङ्कल्प प्रस्तुत गरेका छन् । शेखरले यस पटक र यसै पटक भन्दै सात सङ्कल्प प्रस्तुत गरेका हुन् ।
शेखरका सङ्कल्पमा संविधान कार्यान्वयनको प्रतिबद्धता, वैचारिक स्पष्टता, सुदृढ संगठन, विधानको पूर्ण पालना, क्रियाशील र जिम्मेवार भातृ एवं शुभेच्छुक संगठन, अनुभव र ऊर्जासहितको सशक्त काँग्रेस निर्माण, पारदर्शी निर्णय, जवाफदेही नेतृत्व, उत्तरदायी पार्टी, सहभागितामूलक लोकतान्त्रिक अभ्यास र प्रशिक्षित, मजबुत संगठन रहेका छन् ।
उनी संस्थापन इतर समूहका सभापतिका उम्मेदवार हुन् । उनले 'एक व्यक्ति एक जिम्मेवारी : एक पटकको लागि मेरो उम्मेदवारी'लाई आफ्नो नारा बनाएका छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण