मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मतदानको समय ९ बजेसम्म थपियो, ८ बजेसम्म ३४०० मत खस्यो

मङ्गलबार, २८ मङ्सिर २०७८, २० : ०७
मङ्गलबार, २८ मङ्सिर २०७८

नेपाली काँग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी रहेको छ। मंगलबार राति ८ बजेसम्म ३४०० मत खसेको छ भने मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ।

मतदानका लागि कुल ४ हजार ७४३ प्रतिनिधि रहेका छन् भने सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो । दुबै उम्मेदवार राष्ट्रियसभा गृहमा भइरहेको निर्वाचनस्थलमै खटिएर मत मागिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप