रणवीर कपूरको रामायण २ भागमा आउने
नयाँ दिल्ली । नितेश तिवारीको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित फिल्म रामायणको तयारी तीव्र गतिमा भइरहेको छ । यस अघि फिल्म ३ भागमा रिलिज गरिने खबरहरू आएका थिए । अब भने फिल्म दुई छुट्टाछुट्टै भागमा बनाइने बताइएको छ । दुवै भागको छायाङ्कन एक वर्षभित्र एकैसाथ सम्पन्न हुने बताइएको छ ।
पिंकभिलाले रामायण निकट स्रोतलाई उद्धृत गर्दै छापेको खबरका अनुसार नितिश तिवारीले रणवीर कपूर, यश, साई पल्लवी र सनी देओलसँग रामायणका दुई भागको सुटिङ सुरु गरेका छन् । चलचित्रलाई मेकरहरूले २ भागमा बनाउने निर्णय गरेका छन् । फिल्म उद्योगमा धेरैजसो पहिलो भागलाई दर्शकले दिएको प्रतिक्रिया हेरेर दोस्रो भागको तयारी गर्ने गरिएको छ । तर नितेशले रामायणको दुवै भाग एकैसाथ छायाङ्कन गर्न लागेका छन् । यसअघि यो फिल्म ३ पार्टमा बनाउन लागिएको थियो ।
दुवै फिल्मको छायाङ्कन ३५० दिनभित्र हुने
मेकरहरूले रामायणका दुवै भागको छायाङ्कनका लागि ३५० दिनको तालिका बनाएका छन् । जसमा एक्सटेन्डेड स्टार कास्टको सोलो सिनहरूको पनि छायाङ्कन गरिनेछ । दुवै भागलाई एक वर्षको अन्तरालमा रिलिज गरिनेछ । फिल्म रामायणको मुख्य छायाङ्कन आउँदो डिसेम्बरसम्ममा सक्ने र त्यसपछि फिल्मको पोस्ट प्रोडक्सनको काम अगाडि बढाइने तयारी भइरहेको छ । चलचित्र रामायणमा कलाकारहरूको लुक्समा फरक पर्न नदिन दुवै भाग एकैसाथ छायाङ्कन गर्ने निर्णय गरिएको छ ।
को–को छन् फिल्ममा ?
रामायणमा रणवीर कपूरले भगवान् श्रीरामको भूमिकामा देखिदैंछन् । यो भूमिकाका लागि रणवीरले कठोर तालिम लिइरहेका छन् । साउथकी चर्चित अभिनेत्री साई पल्लवी माता सीताको भूमिकामा देखिनेछिन् । फिल्ममा सनी देओल हनुमानको भूमिकामा देखिनेछन् भने अभिनेत्री लारा दत्त कैकेयीको भूमिकामा देखिने बताइएको छ । टिभीका रामायणका राम अरुण गोविलले फिल्ममा दशरथको भूमिका निभाउने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण