शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभागृहमा मतपत्रको ट्याङ्की खोलियो, तस्बिरहरु

मङ्गलबार, २८ मङ्सिर २०७८, २३ : १७
मङ्गलबार, २८ मङ्सिर २०७८

नेपाली काँग्रेसको मतगणना सुरु भएको छ । राष्ट्रियसभा गृहमा मंगलबार ट्याङ्कीमा खसालिएको मत खोलेर गणना थालिएको हो । राति साढे १० बजेदेखि मतगणना सुरु गर्ने तयारी भए पनि केही ढिला गरी मतगणना सुरु भएको हो ।

काँग्रेसमा राष्ट्रियसभा गृहमा दिउँसो ३:३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो । मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका छन् । अबको तीन घण्टाभित्र नतिजा आइसक्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतपत्र एकै किसिमको मात्र रहेकाले सोमबारको तुलनामा आजको मतगणना सुरु गर्दा कम समय लाग्ने समितिको भनाइ छ ।

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने शीर्ष दुई उम्मेदवार प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको  मतदान भएको हो ।

सोमबारको मतदानमा देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरको थिए ।

सोमबारको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो ।  कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप