शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उपसभापतिको मतगणना : १९ सय मतपत्र गन्दा पूर्णबहादुर खड्काको अग्रता

बुधबार, २९ मङ्सिर २०७८, २१ : ५४
बुधबार, २९ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिँदैछ ।

सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् । 

हालसम्म  १५०० मतपत्र गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले ७९८ मत, पूर्णबहादुर खड्काले ९०८ मत, चन्द्र भण्डारीले ७८९ मत र धनराज गुरुङले ८८८ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारले पाएको मतको विवरण प्राप्त हुन बाँकी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप