होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
काठमाडौँ । नेपालमा पनि होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । मितिनी नेपालको आयोजनामा दिवसको अवसरमा पारेर विभिन्न कार्यक्रम गरिएको हो ।
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस हरेक वर्षको मे १७ मा विश्वव्यापी रूपमा यौनिक तथा लैंगिक विविधता भएको समुदायले मनाउँदै आएका छन् । सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैगिकतालाई मानसिक रोगको सुचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै विश्वव्यापी रूपमा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिन मनाइने गरिन्छ ।
यस दिनलाई संसारभर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाउने गरेका छन् । फरक यौनिकता र लैंगिकताकै कारण यो समुदायले भोग्दै आइरहेको असमानता, हिंसा, चुनौती, कष्टकर भोगाई र कठिन परिस्थितिहरुप्रति नीति निर्माता, मिडियाकर्मी, आम जनता, नागरिक समाज, सरोकारवाला संघसंस्था र अधिकारीहरूको ध्यानाकर्षण गराउनका लागि यो दिवसले प्रमुख भूमिका खेल्ने मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले बताए ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्रले सबै नागरिकको मानव अधिकार र मौलिक स्वतन्त्रताको संरक्षण र रक्षा गर्नु हरेक राष्ट्रको कर्तव्य हो भनी सम्बोधन गरेको छ ।
मितिनी नेपालले यो वर्ष ‘कोही पनि नछुटुन्, सबैका लागि समानता, स्वतन्त्रता र न्याय’ भन्ने विश्वव्यापी नाराका साथ दिवस मनाएको हो ।
समुदायका जोडीको आठ प्रेरणादायक कथा समेटिएको पुस्तक ‘कोही पनि नछुटुन्, सबैका लागि समानता, स्वतन्त्रता र न्याय’ विमोचन गरिएको छ ।
लामो समयदेखिसँगै बस्दै आएका समुदायको एक जोडी चितवन निवासी मिलन बास्तोला र निर्मला बास्तोला तथा समुदायको सदस्यको रूपमा आफ्नो सन्तानलाई स्वीकार गरेका मोरङका राज चौधरीको परिवारलाई सम्मान गरिएको थियो ।
प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि रानाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका उत्थान र विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण