मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय सदस्यमा देउवा समूहकी चित्रलेखा यादव विजयी

शुक्रबार, ०२ पुस २०७८, २१ : २६
शुक्रबार, ०२ पुस २०७८

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन् । सभापति शेरबहादुर देउवा समूहकी यादवले शेखर कोइराला समूहकी गिता यादवलाई ८४६ मतान्तरले पराजित गरेकी हुन् ।

प्रदेश दुईको भूगोलको महिला तर्फबाट केन्द्रीय सदस्य बनेकी चित्रलेखाले ४६६२ मत खसेकोमा २७३१ मत पाएकी छन् भने चौधरीले १८८५ मत मात्र ल्याएकी छन् । यसअघि नै प्रदेश २ को भूगोलतर्फ पुरुषमा देउवा पक्षका आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप