शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, १७ वैशाख २०८१, २२ : ००
सोमबार, १७ वैशाख २०८१

आज २०८१ वैशाख १७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा बझाङको प्रदेश सभा–१ मा एमालेका उम्मेदवार विजयी, गण्डकीका मुख्यमन्त्रीलाई राहत; सर्वोच्चले खारेज गरिदियो रिट, लगानी सम्मेलन सफल भएको अर्थमन्त्रीको दाबी, छानबिन समितिले भन्यो– दुर्गा प्रसाईंको हतियारलाई इजाजत दिन नमिल्ने, वीरगञ्जबाट पक्राउ परेका बब्लुको कनेक्सन गोठाटार घटनासँग, ओलीप्रति माधवकुमार नेपालको कटाक्ष, भर्खरै लोक सेवा पास गरेका अधिकृतलाई पत्याउँदैनन् जनप्रतिनिधि लगायत छन् ।

१. बझाङको प्रदेश सभा–१ मा एमालेका उम्मेदवार विजयी
नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेश सभा–१ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१३ मतका साथ निर्वाचित भएका हुन् । प्रतिनिधि सभातर्फ इलाम–२ मा भने मतगणना जारी छ ।

२. गण्डकीका मुख्यमन्त्रीलाई राहत; सर्वोच्चले खारेज गरिदियो रिट
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज गरिदिएको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासले निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हो ।

३. लगानी सम्मेलन सफल भएको अर्थमन्त्रीको दाबी
अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रूपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका अन्तर्राष्ट्रिय दातृ संस्था तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा उनले सम्मेलन सफल भएको बताए ।

४. छानबिन समितिले भन्यो– दुर्गा प्रसाईंको हतियारलाई इजाजत दिन नमिल्ने
सर्वोच्च अदालत परिसरबाट गत चैत ५ मा दुर्गा प्रसाईंका सुरक्षा गार्डबाट बरामद गरिएको हतियार ‘इजाजत दिन नमिल्ने’ प्रकृतिको रहेको छानबिन समितिको निष्कर्ष छ । सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाउँदै सो हतियार ‘इजाजत दिन मिल्ने खालको नदेखिएको’ ठहर गरेको हो ।

५. वीरगञ्जबाट पक्राउ परेका बब्लुको कनेक्सन गोठाटार घटनासँग
पर्साको वीरगन्जबाट पक्राउ गरिएका बब्लु पासवानको ‘कनेक्सन’ गोठाटार घटनासँग जोडिएको छ । २०७९ असोज ३ मा काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो । मोहम्मदको हत्या गर्ने योजनाकारमध्ये एकजना पासवान भएको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । जततउकस्ररधधध।चबतयउबतष्।अयmरकतयचथरद्धद्दद्धद्दद्धण्रदबदगि(उबकधबल

६. ओलीप्रति माधवकुमार नेपालको कटाक्ष
सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति सङ्केत गर्दै आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने प्रवृत्तिलाई आफूले धिक्कार छ भन्न चाहेको पनि बताए ।

७. भर्खरै लोक सेवा पास गरेका अधिकृतलाई पत्याउँदैनन् जनप्रतिनिधि
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भर्खर लोक सेवा पास भएका ३० जना अधिकृतलाई निमित्तको भरमा चलेका स्थानीय तहमा पदस्थापनका लागि पठाएको थियो तर पालिका प्रमुख तथा अध्यक्षले तीमध्ये १४ जनालाई हाजिर गर्न नदिएपछि उनीहरू मन्त्रालय फर्किएका छन् ।

८. दलको सदस्यताबाट धमाधम राजीनामा दिँदै शिक्षकहरू
विभिन्न राजनीतिक दलको सदस्य रहेका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलको सदस्यता लिएका शिक्षकलाई कारबाही गर्न थालेपछि शिक्षकहरूले विभिन्न राजनीतिक दलको सदस्यबाट राजीनामा दिन थालेका हुन् । 

९. पोखरा विमानस्थलमा भिजिबिलिटी नहुँदा उडान प्रभावित
दैनिक ३३ फ्लाइटसम्म हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही दिन यता प्रायः फ्लाइट क्यान्सिल भएका छन् । केही दिन यता पोखराको वायुमण्डल धुम्मिएको छ । जसका कारण विमान उडाउन चाहिने भिजिबिलिटी छैन । 

१०. राजेन्द्र महतोको अगुवाइमा सांस्कृतिक प्रतिरोध
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले माइतीघरमा प्रतिरोध प्रदर्शन गरेको छ । ऐतिहासिक कालदेखि नै औपनिवेशिक राज्यबाट स्वदेशी राष्ट्रहरूमाथि सांस्कृतिक अतिक्रमणविरुद्ध माफी मगाउन भन्दै सांस्कृतिक प्रतिरोध गरेको सो समूहको भनाइ छ । प्रतिरोधमा विभिन्न समुदायको सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप