राष्ट्रिय प्रसारण लाइनमा जोडियो ४ मेगावाट बिजुली
शनिबार, ०३ पुस २०७८, १३ : ०१
लमजुङका छन्दीखोला जलविद्युत आयोजनाले उत्पादन गरेको ४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाबाट उत्पादित बिजुली निर्माण सकिएको ४ महिनापछि व्यवसायिक रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
आयोजनाले परीक्षण सकेर नेपाल विद्युत प्राधिकरणलाई निःशुल्क विद्युत उपलब्ध समेत गराएको थियो । आयोजनाबाट मंसिर पहिलो सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि व्यवसायीक रुपमा भने भर्खरै जोडिएको बताइएको छ ।
निर्माणको काम साउनमै सकिएर असोजदेखि प्रसारण लाइनमा जोड्ने योजना आयोजनाको थियो । तर, प्रसारण लाइनमा समस्या आउँदा ४ महिना ढिला गरी प्रसारण लाइनमा जोडिएको हो । २०७५ साल कात्तिकदेखि निर्माण सुरु भएको आयोजना २०७७ साल साउन भित्रै सक्ने लक्ष्य थियो । तर, कोरोना महामारीका कारण आयोजना एक वर्ष पछाडि धकेलिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै
-
नेसपाले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्ने
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
-
सुदूरपश्चिम सरकारलाई ‘बजेट कानुन’ घाँडो, अधिवेशन अन्योलमा