राष्ट्रिय प्रसारण लाइनमा जोडियो ४ मेगावाट बिजुली
शनिबार, ०३ पुस २०७८, १३ : ०१
लमजुङका छन्दीखोला जलविद्युत आयोजनाले उत्पादन गरेको ४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाबाट उत्पादित बिजुली निर्माण सकिएको ४ महिनापछि व्यवसायिक रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
आयोजनाले परीक्षण सकेर नेपाल विद्युत प्राधिकरणलाई निःशुल्क विद्युत उपलब्ध समेत गराएको थियो । आयोजनाबाट मंसिर पहिलो सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि व्यवसायीक रुपमा भने भर्खरै जोडिएको बताइएको छ ।
निर्माणको काम साउनमै सकिएर असोजदेखि प्रसारण लाइनमा जोड्ने योजना आयोजनाको थियो । तर, प्रसारण लाइनमा समस्या आउँदा ४ महिना ढिला गरी प्रसारण लाइनमा जोडिएको हो । २०७५ साल कात्तिकदेखि निर्माण सुरु भएको आयोजना २०७७ साल साउन भित्रै सक्ने लक्ष्य थियो । तर, कोरोना महामारीका कारण आयोजना एक वर्ष पछाडि धकेलिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण