युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
बेरुत । इजरायल र हिजबुल्लाहबिच युद्धविराम सम्झौता घोषणा भएको केही घण्टामै दुवै पक्षले एकअर्कामाथि आक्रमण गरेको खबर सार्वजनिक भएको छ ।
लेबनानको सरकारी समाचार संस्था नेसनल न्युज एजेन्सी (एनएनए) का अनुसार बिहीबार बिहान इजरायलले दक्षिणी लेबनानका कफर तेब्नित र टायर क्षेत्रमा ड्रोन आक्रमण गरेको छ । यता इरान समर्थित हिजबुल्लाहले दक्षिणी लेबनानको बोफोर्ट किल्ला नजिक रहेको इजरायली सैन्य कमान्ड पोस्टलाई निशाना बनाएको जनाएको छ । उक्त रणनीतिक क्षेत्र इजरायली सेनाले गत सप्ताहान्त कब्जामा लिएको थियो ।
इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अभिचाय अद्राइले बिहीबार बिहान दक्षिणी लेबनानका बासिन्दालाई नयाँ चेतावनी जारी गर्दै इजरायलले हिजबुल्लाहका संरचना तथा पूर्वाधारहरूलाई लक्षित कारबाही जारी राख्ने बताएका छन् । उनले विशेषगरी जहरानी नदीको दक्षिणी क्षेत्र आसपासका हिजबुल्लाहसँग सम्बन्धित स्थानहरूमा सैन्य कारबाही जारी रहने बताएका छन् ।
यसअघि इजरायली रक्षा बल (आईडीएफ)ले उत्तरी इजरायलस्थित कफर युवाल क्षेत्रमा एक ‘शत्रुतापूर्ण हवाई साधन’ प्रवेश गरेको पत्ता लागेको जनाएको थियो । उक्त क्षेत्र लेबनान सीमासँग नजिक पर्छ ।
बुधबार भएको युद्धविराम सम्झौताअनुसार हिजबुल्लाहले सम्पूर्ण रकेट तथा सैन्य आक्रमण रोक्नुपर्नेछ भने दक्षिणी लेबनानबाट आफ्ना सबै लडाकु तथा सैन्य संरचना हटाउनुपर्नेछ । यसको बदलामा इजरायलले पनि सैन्य कारबाही रोक्ने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण