गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
गाजापट्टी । इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण तीव्र बनाएपछि पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको दैनिक प्रतिवेदनअनुसार उद्धारकर्मी तथा नागरिक सुरक्षा टोलीहरू अझै पनि भग्नावशेषमुनि फसेका वा सडक किनारमा घाइते अवस्थामा रहेका धेरै पीडितसम्म पुग्न नसकेको जनाएको छ ।
मन्त्रालयका अनुसार निरन्तर बमबारीका कारण केही क्षेत्रमा उद्धार कार्य गर्न अत्यन्त कठिन भएको छ, यसले मृतक र घाइतेको वास्तविक संख्या अझ बढी हुन सक्ने आशंका गरिएको छ ।
सन् २०२५ को अक्टोबरमा युद्धविराम लागू भएयता इजरायली आक्रमणमा कम्तीमा ९४७ जनाको मृत्यु भएको छ भने २ हजार ९३५ जना घाइते भएका छन् । त्यसैगरी, गाजाका विभिन्न क्षेत्रमा बमबारीपछि बनेका विशाल भग्नावशेषबाट हालसम्म ७८१ शव निकालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण