जावलाखेललाई पहिलो तीन अंक
सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई १–० अन्तरले हराएको हो ।
३८औँ मिनेटमा विदेशी मिडफिल्डर निकोलास फर्नान्डेजले गरेको गोलमा जावलाखेलले अग्रता लियो । फर्नान्डेजले ओनयुना जनियरको पासलाई पोस्टको दिशा दिएका थिए । लिगको पाँचौँ खेलमा आएर जावलाखेलले गोल खाता खोलेको हो । यसअघि पहिलो र दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबलाई समान १–० को नतिजा सुम्पिएको जावलाखेलले तेस्रो खेलमा मच्छिन्द्र क्लबलाई २–० को नतिजा सुम्पिएको थियो भने चौथो खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको थियो ।
जावलाखेलको पाँच खेलमा चार अंक छ भने समान खेलमा च्यासलको पनि समान चार अंक छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने दोस्रो खेलमा थ्री स्टार क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्दैछ । यता, पोखरामा मनाङ र पुलिसबिच खेल भैइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
-
रुपन्देहीमा बालिकामाथि जबरजस्ती करणी
-
सुहाङको अग्रता कायमै, डकेन्द्र पुगे डम्बरको नजिक
-
इमरानको अभिनय कमब्याक फिल्म ‘ह्याप्पी पटेल’ मामा आमिर खानले बनाउने
-
भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ
-
लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह