बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

सोमबार, १७ वैशाख २०८१, १२ : ५२
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबिचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आयोजनामा भृकुटीमण्डपमा आजदेखि सुरु भएको १७ औँ नेपाल चीन (तिब्बत) आर्थिक तथा व्यापार मेलाको उद्घाटन समारोहमा उनले भने, चीनको स्वशासित क्षेत्र तिब्बतबिचको सांस्कृतिक सम्बन्धलाई हिमालयको दुवैतर्फ विद्यमान व्यापारिक अवसरलाई सदुपयोग गर्ने हाम्रा व्यवसायीका कारण द्विपक्षीय आर्थिक सम्बन्धलाई पनि हिमालय जस्तै अटल बनाएको छ ।

नेपाल र चीन इतिहासको लामो कालखण्डदेखि नै नजिकको व्यावसायिक सहयात्री रहेको उल्लेख गदै मन्त्री भण्डारीले उच्च हिमालय र कठिन भौगोलिक अवस्थिति नेपाल–चीन व्यापारमा कहिले पनि वाधाका रूपमा नरहेको बताए । उनले भने– “हाम्रा पुर्खाहरूले यी बाधाहरूलाई हिमालय वारपार द्विपक्षीय व्यापार अभिवृद्धि गर्ने अवसरका रूपमा लिए त्यस कठिन समयमा जतिबेला यातायातका आधुनिक साधन उपलब्ध थिएनन् ।” 

नेपाल र चीन सदैव सुख दुःखमा साथ दिने अनन्य मित्रका रूपमा रहेका चर्चा गर्दै मन्त्री भण्डारीले चीनको स्थायित्व, एकता र सम्वृद्धि सदैव नेपालको अन्तर्मनको चाहना रहँदै आएको उल्लेख गरे । 

रेलवे सञ्जालबाट चीनको मूख्यभूमि चीन र तिब्बत जोडिएको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यहाँ बढिरहेको आर्थिक गतिविधि र प्रगतिबाट रेलवे नेटवर्कले भविष्यमा हिमालयलाई पार गर्ने विश्वास व्यक्त गरे । उनले चीनसँग नेपालको व्यापार घाटा बढ्दै गइरहेको सन्दर्भमा त्यहाँको बजारलाई हेरी चिनियाँ लगानी औद्योगिक उत्पादनको विकास र विस्तार गर्न सकिने तथा यसबाट द्विपक्षीय व्यापारमा अभिवृद्धि हुँदै नेपालको निर्यात मुख्य भूमि चीन र तिब्बतमा बढ्न सक्नेमा आशा व्यक्त गरे ।

कार्यक्रममा तिब्बत सरकारका उपप्रमुख लान फुकुआनले नेपाल र तिब्बतबिचको व्यापारिक सम्बन्धमा जोड दिए । उनले दुई देशका व्यवायीहरुबीचमा असल व्यारिक सम्बन्ध बनाएर आयात तथा निर्यातमा सहकार्य गर्नु सुझाए ।

वाणिज्य मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले निर्यात व्यवस्थित गर्न सके दुई देशबिचको व्यापार सम्बन्धले गति लिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप