बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

इलाममा सौतेनी आमाको हत्या गर्ने पक्राउ

सोमबार, १७ वैशाख २०८१, १२ : ३४
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । आफ्नै सौतेनी आमाको हत्या गरेको अभियोगमा इलामबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३१ वर्षीया नेत्र माया खवासको हत्या भएको हो । 

हत्या गरेको अभियोगमा माई नगरपालिका-२ दिपु डाँडा बस्ने २१ वर्षीय सन्देश दियालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सन्देशले मादक पदार्थ सेवन गरेर घरायसी विवादमा बाम्पफोक प्रहार गर्दा नेत्र मायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यता स्याङ्जाको वालिङ नगरपालिका-१३ बायाँटारी डेरा गरी बस्ने दाङ घर भएका २० वर्षीय आयुस चौधरीको हत्या गरेको अभियोगमा दाङ राप्ती गाउँपालिका-३ घर भई वालिङ नगरपालिका-१३ बायाँटारी बस्ने ३५ वर्षीय निम बहादुर घर्तीमगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

मगरले धारिलो हतियार चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी थुमपोखरा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप