इलाममा सौतेनी आमाको हत्या गर्ने पक्राउ
काठमाडौँ । आफ्नै सौतेनी आमाको हत्या गरेको अभियोगमा इलामबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३१ वर्षीया नेत्र माया खवासको हत्या भएको हो ।
हत्या गरेको अभियोगमा माई नगरपालिका-२ दिपु डाँडा बस्ने २१ वर्षीय सन्देश दियालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सन्देशले मादक पदार्थ सेवन गरेर घरायसी विवादमा बाम्पफोक प्रहार गर्दा नेत्र मायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यता स्याङ्जाको वालिङ नगरपालिका-१३ बायाँटारी डेरा गरी बस्ने दाङ घर भएका २० वर्षीय आयुस चौधरीको हत्या गरेको अभियोगमा दाङ राप्ती गाउँपालिका-३ घर भई वालिङ नगरपालिका-१३ बायाँटारी बस्ने ३५ वर्षीय निम बहादुर घर्तीमगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
मगरले धारिलो हतियार चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी थुमपोखरा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरेक झगडाले टुट्दैन सम्बन्ध तर यी बानीले सुटुक्क मार्छन् माया
-
राष्ट्रिय सभा बैठक बस्दै : ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
-
न्याय परिषद् ऐनमा एक महिना, व्यवहारमा वर्षौँ : कहिले होला सर्वोच्च पूर्ण ?
-
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
-
ढिला गरी सुरु भयो इंग्ल्याण्ड र मेक्सिकोबिचको खेल
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण