आगामी बजेटले युवालाई आशा र भरोसा जगाउनुपर्छ : उपाध्यक्ष बस्नेत
रसुवा । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आगामी बजेटले युवाहरूलाई मुलुकभित्रै आशा र भरोसा जागृत गराउनुपर्ने बताएका छन्। बस्नेतले आगामी बजेट युवा उद्यमशीलतामैत्री हुनुपर्ने जिकिर गरेका छन्।
परिवदद्वारा र आमाछोदिङ्मो गाउँपालिकासंगको समन्वयमा आयोजना गरिएको सात दिने युवा उद्यमशीलता र वित्तीय साक्षरता तालिमको समापनमा समारोहमा बोल्दै बस्नेतले सो धारणा राखेका हुन्। बस्नेतले युवा उद्यमशीलताका लागि सरकारले सहुलियतपूर्ण कर्जा सहज रूपमा उपलब्ध गराउनुपर्ने बताए।
उपाध्यक्ष बस्नेतले ' सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५' को प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्। नीति वनेपनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा युवाहरूले अपेक्षित लाभ लिन नसकेको बस्नेतले जनाए।
कार्यक्रममा आमाछोदिङ्मो गाउंपालिकाकी उपाध्यक्ष चण्डिका तामाङ्ले युवा पलायन रोक्न सरकारले युवा स्वरोजगारका कार्यक्रम ल्याउनुपर्ने बताइन्। राष्ट्रिय युवा परिषद्का उपसचिव कर्णबहादुर कुँवरले युवाहरूलाई सहुलियपुर्ण कर्जा सहजिकरण र उद्यमशीलता प्रवर्धनका लागि परिषदले विभिन्न पालिकासँग समन्वय गरेर युवा लक्षित कार्यक्रम गर्दै आएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण