मध्यपश्चिम विश्वविद्यालय र कर्णाली सरकारबिच सम्झौता
सुर्खेत । कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबिच नीति निर्माण तथा अध्ययन अनुसन्धान सम्बन्धी सम्झौता भएको छ ।
आइतबार एक कार्यक्रमका बिच मुख्यमन्त्री यामलाल कँडेल र विश्वविद्यालयका उपकुलपति प्रा.डा केशर सिंह रानाको उपस्थितिमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल र प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
विश्वविद्यालयमा स्थापना भएको नीति प्रयोगशाला मार्फत नीति, अनुसन्धान, विश्लेषण, मुल्यांकन, परिमार्जन, परीक्षण, बहस, पैरवी तथा सिफारिस प्रयोजनका लागि पारस्परिक हितको सिद्धान्तमा आधारित भई आपसी सहकार्य तथा सहयोगको आदानप्रदान गर्ने उद्देश्यका साथ उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता हस्ताक्षरको मितिदेखि ५ वर्षसम्म यो सम्झौताको अवधि रहेको छ भने आपसी समझदारीमा पुनःनवीकरण गर्न सकिने छ ।
कार्यक्रममा कँडेलले सम्झौता बमोजिमको कार्यहरू अगाडि बढ्नेमा आफू विश्वस्त रहेको बताए ।
विश्वविद्यालयका उपकुलपति रानाले सम्झौता पश्चात् कर्णाली प्रदेशको समग्र नीति तथा अनुसन्धानको क्षेत्रमा अपेक्षित कार्यहरू हुने बताए ।
साथै उनले देश सरकारलाई आवश्यक पर्ने विज्ञ जनशक्ति विश्वविद्यालयसँग रहेको तथा सहकार्यका लागि तत्पर रहेको कुरा समेत व्यक्त गरे ।
कार्यक्रममा योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवं नीति प्रयोगशालाका संयोजक प्रा. डा. चन्द्र प्रसाद रिजालले सम्झौताको उद्देश्य तथा नीति प्रयोगशाला सम्बन्धी जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण