बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

इमरानको अभिनय कमब्याक फिल्म ‘ह्याप्पी पटेल’ मामा आमिर खानले बनाउने

सोमबार, १७ वैशाख २०८१, १२ : ४१
सोमबार, १७ वैशाख २०८१

नयाँ दिल्ली । आमिर खानका भाञ्जा अभिनेता इमरान खान यतिबेला अभिनयमा पुनरागमन गर्ने तयारीमा छन् । यसैका कारण उनी हिजोआज चर्चामा छन् ।

उनी छिटै पर्दामा देखिँदैछन् । ९ वर्षपछि उनले कमेडी फिल्मबाट अभिनयमा पुनरागमन गर्ने बताइएको छ । यो फिल्म उनका मामा आमिर खानले निर्माण गर्नेछन् । इमरानको यो कमब्याक कमेडी फिल्मलाई अभिनेता वीर दासले निर्देशन गर्नेछन् । यो वीरदास डेब्यु निर्देशन हुने बताइएको छ ।

आठ महिनाअघि दिएका थिए पुनरागमनको संकेत

पिपिङ मुनको रिपोर्ट अनुसार यस फिल्मको शीर्षक ‘ह्याप्पी पटेल’ हुनेछ । निर्माताले यो फिल्मको सुटिङ गोवामा सुरु गरिसकेको बताइएको छ । अभिनेताले करिब ८ महिनाअघि कमब्याकको संकेत दिएका थिए । त्यसबेलादेखि नै उनी यो फिल्मको तयारीमा रहेको बताइएको छ ।

इमरानको चारमध्ये दुई हिट फिल्मका निर्माता थिए आमिर

यसअघि सन् २००८ मा रिलिज भएको इमरानको डेब्यु फिल्म ‘जाने तू या जाने ना’ पनि मामा आमिर खानले निर्माण गरेका थिए । त्यसपछि दुवैले सन् २०११ मा आएको ‘दिल्ली बेली’ मा पनि सँगै काम गरे । यी दुवै फिल्म बक्स अफिसमा हिट भएका थिए । बाल कलाकारका रूपमा इमरान आमिरका दुई फिल्म ‘कयामत से कयामत तक’ र ‘जो जीता वही सिकन्दर’ मा पनि देखिएका थिए ।

१२ मध्ये ४ फिल्म मात्रै हिट

इमरानले आफ्नो करियरमा अहिलेसम्म १२ वटा फिल्ममा काम गरिसकेका छन् । जसमध्ये चारवटा फिल्म मात्रै हिट रहे । फिल्महरू जाने तू या जाने ना, आई हेट लभ स्टोरीज, डेल्ही बेली र मेरे ब्रदर की दुल्हन मात्रै हिट भए । इमरान अन्तिम पटक सन् २०१५ मा रिलिज भएको फिल्म ‘कट्टी–बट्टी’ मा देखिएका थिए ।

ओटीटीबाट कमब्याक गर्नेवाला थिए इमरान

हालै इमरानले एक अन्तर्वार्तामा ओटीटीमा रिलिज हुने स्पाइ सिरिजबाट अभिनयमा कमब्याक गर्ने बताएका थिए । यसमा उनी एक गुप्तचर अधिकारीको भूमिकामा देखिने भएका थिए । यो वेब सिरिज फिल्म निर्माता अब्बास टायरवालाले बनाउन लागेका थिए । तर केही कारणले यो सिरिज बन्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप