पूर्वाधार कार्यालय गौरमा लगाइएको ताला खोलियो
रौतहट । पूर्वाधार विकास कार्यालय गौरमा चार दिन अघि तालाबन्दी गरेका नेपाली कांग्रेसका नेताहरूले आइतबार सहमतिपछि ताला खोलेका छन् ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आइतबार बिहान बसेको सर्वपक्षीय बैठकमा सहमति जुटेपछि ताला खोलिएको हो ।
नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल कुमार यादव ‘जितेन्द्र’को अगुवाइमा गएका कांग्रेसका नेता कार्यकर्ताले पूर्वाधार कार्यालयमा लगाइएको ताला खोलेका हुन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहान बसेको सर्वपक्षीय बैठकले एमाले केन्द्रीय सदस्य अजय कुमार गुप्ता, कांग्रेस जिल्ला सभापति जितेन्द्र र पूर्वाधार कार्यालयका प्रमुख बिनोद कुमार ठाकुरसहित तीन सदस्यीय समिति गठन गरेको छ।
उक्त समितिले मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवसँग वार्ता गरी सहमति अनुसार विकास बजेट सञ्चालन गर्ने निर्णय भएको बैठकमा सहभागी पूर्वाधार कार्यालयका लेखा अधिकृत सुदिप गौतमले जानकारी दिए ।
यसअघि योजनाकै लागि प्रदेश सरकारबाट बाहिरिएका कांग्रेस नेता तथा कार्यकर्ताहरूले पूर्वाधार कार्यालयमा गत बुधबार भ्रष्टाचारको आरोप लगाउँदै तालाबन्दी गरेका थिए ।
तालाबन्दीको भोलिपल्ट बिहीबार जिल्ला समन्वय समितिका सभापति राम अयोध्या यादवलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेस जिल्ला सभापति जितेन्द्रले पूर्वाधार विकास कार्यालयको बेथिति अन्त्य गर्न माग गरेका थिए ।
उनले आर्थिक वर्ष २०८०÷०८१ मा रातो कितावमा रहेका मधेस प्रदेश सरकार मार्फत यस जिल्लामा परेको योजनाहरू पूर्वाधार विकास कार्यालयका प्रमुख र कर्मचारीको योजनाको पत्र दिनु अघि कमिशन लिइरहेको आरोप लगाएका थिए ।
उता भौतिक पूर्वाधार कार्यालय गौरका प्रमुख विनोद कुमार ठाकुरले कांग्रेसले लगाएको सम्पूर्ण आरोपको खण्डन गरेका थिए । उनले कसैको काम गरेको बापत एक टुक्रा सुपारी खाएको भए पनि पुष्टि गर्न कांग्रेस पक्षलाई चुनौती दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण