आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

स्वस्तिमा बनिन् पलको दिलको हरन

शनिबार, ०३ पुस २०७८, २१ : ३१
शनिबार, ०३ पुस २०७८

अभिनेत्री स्वस्तिमा खड्का अभिनेता पल शाहको ‘दिलको हरन’ बनेकी छन् । गायिका मेलिना राई र गायक हरि लिम्बुको स्वर रहेको गीतको म्युजिक भिडियोमा स्वस्तिमा र पलको अभिनय छ । प्रेमिल शैलीको गीतमा स्वस्तिमा र पल प्रेमी प्रेमीको रूपमा देखिएका छन् । 

विष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । नवराज उप्रेतीले छायांकन, सुबोल थापाको कोरियोग्राफी, दिन्सन शाहको सम्पादन रहेको भिडियो गम्भीर बिस्टले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप