आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने

आइतबार, ३१ जेठ २०८३, १३ : १५
आइतबार, ३१ जेठ २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ, जसमा सुशासन र शासकीय प्रबन्धलाई प्राथमिकता दिइएको छ ।
  • नीति तथा कार्यक्रममा सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामग्रीहरूलाई पूर्णतः निषेध गरिने उल्लेख छ ।
  • यसका साथै, सवारी पार्किङ व्यवस्थापन, मेलमिलाप प्रक्रियाद्वारा स्थानीय विवाद समाधान, र सहरको विकासका लागि 'सवनेशनल डिप्लोमेसी' जस्ता कार्यक्रमहरू पनि समावेश गरिएको छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर सभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डङ्गोलले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । नीति तथा कार्यक्रममा सुशासन तथा शासकीय प्रबन्धलाई प्राथमिकतामा राखिएको छ । 

‘कार्यालयको सूचना सम्प्रेषण गर्न तथा गतिविधि प्रचार प्रसार गर्न कार्यालयको वेबसाइट, आधिकारिक मल्टिमिडिया च्यानलहरू तथा डिजिटल प्लेटफर्महरूको प्रयोग गरिनेछ र स्रोत साधनको विनियोजनलाई थप मितव्ययी,पारदर्शी र नतिजामुखी बनाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ- ‘कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गरी महानगरपालिका र सबै वडा कार्यालयहरूमा सञ्चालित एकद्वार सेवा केन्द्र सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘काठमाडौँ महानगरपालिकाले सम्पादन गर्ने कार्य सम्बद्ध विषय क्षेत्रमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ‘सिक्दै जाँदा कमाउनुहोस्‌’ अवधारणा अनुसार इन्टर्नसिप, फेलोसिप तथा ‘पार्ट टाइमा इन्गेजमेन्ट’ कार्यक्रम सञ्चालन गरिनेछ।’ 

त्यसैगरी स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रियालाई प्राथमिकता दिई न्याय निरूपण कार्यलाई छिटो, छरितो र पहुँचयोग्य बनाउने, सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीहरूलाई पूर्णतः निषेध गर्ने, सहरी सुव्यवस्थापनका लागि महानगर प्रहरी बलको परिचालन गर्ने नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय, समुदाय र सम्बद्ध सङ्घसंस्थाहरू समेतको सहकार्य र समन्वयलाई प्रवर्धन गर्ने जस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

 ‘सवारी पार्किङ व्यवस्थापन सम्बन्धमा अध्ययन गरी कार्यान्वयन गरिनेछ। नयाँ सडक र आसपासको क्षेत्रमा देखिएको पार्किङ समस्याको दिगो व्यवस्थापनको लागि नेपाल वायु सेवा निगमको नयाँ सडक गेटस्थित घरजग्गालाई बहुतले पार्किङ प्रयोजनमा उपयोग गर्न नेपाल सरकारमार्फत पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘विश्वका सहरहरूका असल अभ्यासबाट ज्ञान हासिल गरी प्रविधि हस्तान्तरण, सूचना तथा सांस्कृतिक आदान प्रदान आदिका माध्यमबाट काठमाडौँ सहरको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउन ‘सवनेशनल डिप्लोमेसी’ को असल अभ्यास गरिनेछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप