भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
सारांश
- रुपन्देहीको भैरहवालाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार अरुण ज्ञवाली (अरुणराज शर्मा) को उपचारका क्रममा निधन भएको छ।
- केही दिनदेखि बिरामी परेका ज्ञवालीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा शनिबार निधन भएको हो।
- विगत साढे दुई दशकदेखि सक्रिय पत्रकारितामा आबद्ध ५४ वर्षीय ज्ञवालीले विशेष गरी खोजमूलक पत्रकारितामा रुचि राख्दै समाजका विविध विषय र विसङ्गतिहरूलाई उजागर गर्दै आएका थिए।
बुटवल । रुपन्देहीको भैरहवालाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार अरुण ज्ञवाली (अरुणराज शर्मा) को उपचारका क्रममा निधन भएको छ।
केही दिनदेखि बिरामी परेका ज्ञवालीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा शनिबार निधन भएको हो।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले पत्रकार ज्ञवालीको निधन भएको पुष्टि गरेका छन्। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ निवासी ५४ वर्षीय ज्ञवाली विगत साढे दुई दशकदेखि सक्रिय पत्रकारितामा आबद्ध थिए।
उनले स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न सञ्चारमाध्यमहरूमा रहेर पत्रकारितामार्फत समाजका विविध विषय र विसङ्गतिहरूलाई उजागर गर्दै आएका थिए। विशेष गरी खोजमूलक पत्रकारितामा रुचि राख्ने ज्ञवाली शालीन स्वभाव र प्रभावशाली लेखनशैलीका कारण पत्रकारिता क्षेत्रमा स्थापित नाम थियो।
पारिवारिक स्रोतका अनुसार गत जेठ २७ गते बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
-
‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण