एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
आइतबार, ३१ जेठ २०८३, १३ : ४७
सारांश
- नेकपा एमालेको संविधान पुनरावलोकन तथा सुझाव कार्यदलको बैठक आइतबार बस्ने भएको छ ।
- च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा संविधान पुनरावलोकनका निम्ति एमालेका सर्त र मान्यताबारे छलफल हुनेछ ।
- एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल कार्यदलका संयोजक रहेका छन् ।
काठमाडौँ । नेकपा एमालेको संविधान पुनरावलोकन तथा सुझाव कार्यदलको बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा कार्यदलको बैठक बस्न लागेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार संविधान पुनरावलोकनका निम्ति एमालेका सर्त र मान्यताबारे उक्त बैठकमा छलफल हुनेछ । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल कार्यदलका संयोजक रहेका छन् भने सदस्यमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र डा.राजेन्द्र घिमिरे रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
-
राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
-
गोल्याण ग्रुपको रक्तदानमा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंसनीय
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण