आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कृष्ण र एलिनाले गाए ‘लुम्ले काँडेमा’

आइतबार, ०४ पुस २०७८, १४ : १०
आइतबार, ०४ पुस २०७८

विवाहमा सालीले भिनाजुको जुत्ता लुकाएको बिषय म्युजिक भिडियोमा पनि समेटिएको छ । गायक कृष्ण केसी, गायिका एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीको स्वर रहेको गीत ‘लुम्ले काँडेमा’ को भिडियोमा यो बिषय समेटिएको हो ।

गीतमा कृष्ण केसीको शब्द तथा संगीत छ । गीतको भिडियो डान्सिङ शैलीमा तयार पारिएको छ । गायक केसीकै निर्देशन रहेको भिडियोमा सुधीर श्रेष्ठ, अनु पराजुली, करिश्मा ढकाल, सकुना खत्री अभिनय देख्न सकिन्छ । 
मौसम हिमालीकोे कोरियोग्राफी रहेकोे भिडियोमा अनिल के मानन्धरको छायाङ्कन, प्रवीण भट्टको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप