अंग्रेजी नयाँ वर्षमा गायक दीप श्रेष्ठ नाइट हुने
अंग्रेजी नयाँ वर्षको अवसर पारेर चितवनमा गायक दीप श्रेष्ठ नाइट हुने भएको छ । भरतपुरको देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली) मा ३१ डिसेम्बरमा आयोजना हुने नाइटमा दीपले आफ्ना दर्जन बढी गीत संगीतबाट दर्शक झुमाउनेछन् ।
रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ का जज समेत रहेका श्रेष्ठ गायकको अलवा संगीतकार तथा रचनाकार पनि हुन् । श्रेष्ठको ‘म पत्थरको देवता होइन’, ‘म त दूर देखि आए’, ‘हर रात सपनीमा’, ‘एउटै बाटो’, ‘उ यात्री’, ‘वितेका कुरा’ लगायत थुप्रै गीत हिट छन् ।
अभिनेत्री गौरी मल्ल, बेलि डान्सर विनु शाक्य लगायतका कलाकारको उपस्थिति रहने लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली) का सञ्चालक देवेन लोहनीले बताए । कार्यक्रममा सहभागिताका लागि आयोजकले २ हजार शुल्क राखेको छ । जसमा वेलकम ड्रिङ्स र अनलिमिटेड स्न्याक्सको ब्यवस्था रहेको आयोजक पक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण