जम्काभेटमा एलिनाले नचाउने, महादेवले हँसाउने
चर्चित गायिका एलिना चौहानले राजधानीका दर्शक नचाउने भएकी छन् । क्रिसमस डेको अवसर पारेर अनामनरस्थित जम्काभेट रेष्टुरेन्टले बिहीबार र शुक्रबार आयोजना गर्न लागेको ‘जम्काभेट सांगीतिक साँझ’ मा उनले आफ्ना चर्चित गीत संगीतबाट दर्शक नचाउने भएकी हुन् ।
जम्काभेट रेष्टुरेन्टकै आयोजना गरेको कार्यक्रममा उनले तिमीसँग नजर जुधाई, रुवाउने हजार, भाग्यमा खोट, चोली चुरोटलगायत करिब दर्जन बढी हिट गीत प्रस्तुत गर्नेछिन् । नेपाली जादुगरको रुपमा चर्चित कलाकार महादेव त्रिपाठीको जादु, कमेडी, प्यारोडी लगायतका विषेश प्रस्तुति समेत रहने कार्यक्रममा कर्णराज गिरी, भोजराज काफ्ले, रुविना श्रेष्ठ, किरण भुजेल, ध्रुर्व बिस्को, अलिशा श्रेष्ठ, भरत समिर, राजेश बर्देवा, भगवती खड्का, बलराम परियार, सुनिल थापामगर, मनिषा थापा, विजय पुन, बेगम नेपाल, कृष्ण रेउले लगायतका गायक गायिकासहित ‘मेरी बाँस्सै’ का कलाकार र ‘दि रोयल्स नेपाल’ ब्राण्डको समेत प्रस्तुति रहने रहनेछ ।
दर्शकलाई क्रिसमस डे चर्चित कलाकारसँगै मनाउने अवसर प्रदान गर्न ‘जम्काभेट सांगीतिक साँझ’ आयोजना गरिएको जम्काभेट रेष्टुरेन्टका संचालक तथा व्यवस्थापक सन्तोष तिमल्सिनाले बताए । ‘गीत संगीतको मज्जासँगै कार्यक्रममा दर्शकले कलाकारसँग पनि साक्षात्कार गर्न पाउने छन्’ तिमल्सिनाले भने ‘दर्शक र कलाकार नजिक गराउने कार्यक्रमको अर्काे उदेश्य हो ।’ कार्यक्रममा दर्शकले फर्माइस गरेर समेत कलाकारलाई गाउन लगाउन सक्ने तिमल्सिनाको भनाई रहेको छ ।
जम्काभेट रेष्टुरेन्ट विहिबारबाटै औपचारिक रुपमा सुरुवात हुन लागेको हो । मनोरम वातावरणमा टिपिकल्ली नेपाली खाना सहित संचालनमा आउन लागेको रेष्टुरेन्टले ओपनिङ तथा क्रिसमस डेको अवसरमा विषेश छुट र कम्प्लीमेन्ट्ली स्न्याक्सको ब्यवस्था समेत गरेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण