गीत ‘मुखमा मिठा पान’ मा चन्द्रागिरीको वर्णन
शुक्रबार, ०९ पुस २०७८, १२ : ०७
नेपालका सय पर्यटकीय गन्तव्यस्थल मध्येको एक मानिएको चन्द्रागिरी नगरपालिको दहचोक, काजी कालु पाण्डे समाधिस्थल, इन्द्र दह लगायत विभिन्न धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक स्थल समेटेर बनेको गीत ‘मुखमा मीठा पान’ सार्वजनिक भएको छ ।
रामकुमार केसीको लय, रुपेश दानी क्षेत्रीको शब्द रहेको गीतमा रामकुमार कार्की र कमला खड्काको सुमधुर स्वर रहेको छ । गीतको भिडियोमा राजेन्द्र केसी, रुपेश दानी क्षत्री, दिब्यानी ओली र बालकलाकार सौरभजंग कार्कीको अभिनय देख्न सकिन्छ ।
पत्रकार रोशन दानी क्षत्रीको परिकल्पना रहेको गीतको भिडियो जेरी भण्डारीको निर्देशन गरेका हुन् । भिडियोमा करण चैसिरको छायाङ्कन र नविन घर्तीको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण