बलिउड फिल्म निर्देशक सेतुमाधवनको निधन
शुक्रबार, ०९ पुस २०७८, २२ : ५०
भारतीय फिल्म निर्देशक केएस सेतुमाधवनको निधन भएको छ । ९० बर्षका निर्देशकको चेन्नईमा निधन भएको हो । उनी उमेर सम्बन्धी बिमारीबाट पिडित रहेका थिए । सेतुमाधवनको निधनले उनका फ्यान, सहकर्मी लगायतलाई दुखी बनाएको छ । अभिनेता कमल हासनले एक ट्वीट गर्दै सेतुमाधवनका निधन प्रति शोक ब्यक्त गरेका छन् ।
सेतुमाधवनले आफ्नो फिल्मी करियरमा मलयालम, तमिल, तेलुगु र हिन्दी फिल्मका निर्देशन गरेका छन् । फिल्मको योगदानका लागि उनलाई केरल सरकारले फिल्म क्षेत्रको सर्वाेच्च सम्मान ‘जेसी डैनियल पुरस्कार’ दिएको थियो । सेतुमाधवनको जन्म १९३१ मा केरलको उत्तरी पालक्कड जिल्लामा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य असारसम्म १२ प्रतिशत मात्रै रोपाइँ : मल र मनसुनको मारमा किसान
-
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण