ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
सारांश
- श्री एयरलाइन्सको SHA 227 नम्बरको जहाज ककपिटमा धुवाँ देखिएपछि भैरहवामा आपतकालीन अवतरण गरिएको छ।
- धनगढीतर्फ उडेको उक्त जहाजले करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो।
- जहाज सुरक्षित अवतरण भएको छ र सबै यात्रु तथा चालक दलका सदस्य सकुशल छन्।
काठमाडौँ । काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको उडान नम्बर SHA 227 को जहाजले ककपिटमा धुवाँ देखिएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार आपतकालीन अवतरण गरेको छ।
विमानले करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो।
विमान उडानका क्रममा ककपिटमा धुवाँ देखिएपछि चालक दलले तत्काल सुरक्षा सतर्कता अपनाउँदै भैरहवामा आपतकालीन अवतरण गराएको विमानस्थल स्रोतले जनाएको छ।
विमान सुरक्षित रूपमा अवतरण भएको र जहाजमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको बताइएको छ। घटनापछि सम्बन्धित प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक परीक्षण सुरु गरेको छ भने धुवाँ देखिनुको कारणबारे अनुसन्धान भइरहेको छ।
काठमाडाैँबाट भैरहवातर्फ श्री एयरलाइन्सकाे अर्काे जहाज उडान भइसकेकाे र त्यहाँ अलपत्र परेका यात्रुलाई लिएर धनगढी प्रस्थान गर्ने विमानस्थलका जेनेरल म्यानेजर श्यामकिशाेर शाहले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
-
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण