आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘सँगै बाँचौला’ भन्दै प्रदीप र सविता

शनिबार, १० पुस २०७८, १६ : ०६
शनिबार, १० पुस २०७८

मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोष जंग थापाको शब्द रचना र नवीन कार्कीको सङ्गीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको छ ।

नेपालकै गाउँघरको यथार्थ परक कथामा आधारित भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय देख्न सकिन्छ । ​रेजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नवीन बाबु गुरुङको सिनेमेटोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ । सिजन इन्टरटेन्मेनटद्वारा निर्माण गरिएको भिडियोलाई सिजन टिभी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप