स्कुलको परीक्षामा तैमुरको प्रश्न सोधेपछि विवाद
मध्य प्रदेशको खंडवा जिल्लाको एक निजी स्कुलमा सेफ अलि खान र करिना कपुरको छोरासँग सम्बन्धित प्रश्न सोधेर विवाद खडा भएको छ । यो जिल्लाको एक निजी स्कुलको ६ कक्षाको सामान्य ज्ञानको परीक्षामा करिना कपुर र सेफ अलि खानको छोराको पूरा नामक लेख्नुस् भनिएको थियो । यो प्रश्नको बारेमा रिसाएका अभिभावकले उक्त बालक महापुरुष हो भन्ने प्रतिप्रश्न सोधेका थिए ।
यो घटना खंडवाको एकेडेमिक ह्वाइट्स पब्लिक स्कुलको हो । यहाँ टर्मिनल परीक्षा चलिरहेको छ । बच्चा जब परीक्षा दिएर घर पुगे अभिभावकले प्रश्न पत्रमा यो प्रश्न देखेर जिल्ला प्रशासन कार्यालयमा यसको गुनासो गरेका थिए । साथै उनीहरूले स्कुलको विरुद्धमा कारवाईको माग समेत गरेका छन् ।
स्कुललाई कारण देखाउन आदेश जारी
अभिभावक–शिक्षक संघ (पीटीए) का संरक्षक डा. अनीश अरझरेका अनुसार सामान्य ज्ञानको प्रश्नमा महान् पुरुषसँग सम्बन्धित हुन आवश्यक छ । तर, यहाँ फिल्मी कलाकारका बच्चाको नाम सोधिएको छ । खंडवाका जिल्ला शिक्षा अधिकारी (डीईओ) सञ्जीव भालेरावले भने,‘हामीले स्कुललाई कारण देखाऊ सूचना जारी गरेका छौ । स्कुलको जवाफ आएपछि कारवाई गरिन्छ ।’
कोरोना पोजेटिभ देखिएपछि पछिल्लो समयमा करिना क्वारिन्टिनमा बस्दै आएकी थिइन् । करिनाले आफ्नो सोसल मिडिया एकाउन्टमा एक भिडियो सेयर गरेकी थिइन जसमा तैमूर पहिलो पटक हिँडेको दृश्य लिएकी थिइन् ।
तैमूर नाम राख्ने विषयमा पनि भएको थियो विवाद
छोराको नाम तैमूर राख्ने विषयमा पनि धेरै मानिस रिसाएका थिए । उक्त अवधिमा एक अन्तर्वार्तामा सेफले भनेका थिए,’म आफ्नो छोराको नाम परिवर्तन गर्ने सोचिरहेको थिए । किनकि उनी चाहन्थे कि उनको छोरा अलोकप्रिय नहुन् ।’
तर करिना यो कुरामा सहमत थिइनन् । नामका कारण पनि कुनै समस्या आयो भने आफू नाम परिवर्तन गर्न तयार भएको उनले बताएकी छन् । २०१६ मा छोराको नाम तैमूर राख्दा पनि धेरै नै विवाद आएको थियो । किनकि तैमूर एक आक्रमणकारी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्धन किन कालो देखिन्छ ?
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
-
रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
-
कसरी बाहिरिए समूहमा तेस्रो हुने चार टोली ?
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण