सुगमको गीतमा राज र श्वेताको रोमान्स
आइतबार, ११ पुस २०७८, १६ : ५०
काठमाडौँ । गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत ‘आफू आफूमा’ सार्वजनिक भएको छ । सोहन मानन्धरको शब्द तथा संगीत रहेको गीतमा विजेस्वर तुलाधरको एरेन्ज रहेको छ । गीतको भिडियोमा अन्तराष्ट्रिय कोरियोग्राफर तथा मोडल राज फैजु, दिलु खत्री र श्वेता मिश्रको अभिनय देख्न सकिन्छ । राज लामो समयपछि म्युजिक भिडियो अभिनयमा देखिएका हुन् ।
एक दशक भन्दा लामो समयदेखि फेसन र मोडलिङमा काम गर्दै आएका राज पछिल्लो समय राम्रा ब्राण्डका विज्ञापनमा देखिँदै आएका छन् । भिडियोमा मोडलहरू श्रीषा बैदार र रेश्मा श्रेष्ठले डिजाइन गरेको ड्रेसमा प्रस्तुत भएका छन् । प्रदीप गन्धर्वको छायाङ्कन, श्याम कुँवरको छायाङ्कन रहेको भिडियोका निर्देशन सोहन मानन्धरले गरेका हुन् । भिडियो पोखराको आकर्षक लोकेसनमा छायाङ्कन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण