‘स्पाइडर म्यान : नो वे होम ’ बन्यो महामारीको समयमा १ बिलियन डलर कमाउने पहिलो फिल्म
स्पाइडर म्यान फ्रेन्चाइजीको नयाँ फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ महामारीको समयमा अन्तरराष्ट्रिय बक्स अफिसमा १ बिलियन डलरभन्दा बढी कमाई गर्ने पहिलो फिल्म बनेको छ ।
यसका साथै कमाईकमो मामिलामा सन् २०२१ को सबैभन्दा ठूलो फिल्म बनेको छ ।
यसले चीूनको कोरियाली युद्धमा बनेको फिल्म ‘द ब्याटल अफ लेक चांगजिन’ लाई पछि पारेको छ जसले संसारभरी ९०५ मिलियन डलरभन्दा बढी कमाएको थियो ।
मिडिया डेटा एनालिटिक्स फर्म कमस्कोरका अनुसार यसअघि १ बिलियन डलरभन्दा बढी कमाउने फिल्म सन् २०१९ मा रिलिज भएको ‘स्टार वार्स ः द राइज अफ स्काइवाकर’ थियो ।
दुई वर्ष अघि महामारी सुरु भएपछि कुनै अन्य हलिउड फिल्म स्टार वार्सको बक्स अफिस कलेक्सन आसपास पनि आउन सकेको थिएन ।
यो फ्रेन्चाइजीको सन् २०१९ को फिल्म ‘स्पाइडर म्यान : फार फ्रम होम’ बक्स अफिसमा एक बिलियन डलर कमाईको आँकडा तोड्ने पहिलो स्पाइटर–म्यान फिल्म थियो र वर्तमानमा कमस्कोरका अनुसार विश्वव्यापी टिकट बिक्रीमा १.१३२ बिलियन डलरसहित फ्रेन्चाइजीमा सबैभन्दा बढी कमाउने फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिश्रमिक माग्दा ‘लापता लेडिज’का अभिनेतालाई निर्देशकले पिटेको दाबी
-
बजेटलाई सघाउने गरी मौद्रिक नीति ल्याउँदैछौँ : कार्यकारी निर्देशक पौडेल
-
गर्धन किन कालो देखिन्छ ?
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
-
रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण