आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

विषालु सर्पले सलमानलाई एकपटक होइन ३ पटक टोकेको थियो, आफैंले बताए कहानी

सोमबार, १२ पुस २०७८, ११ : ०१
सोमबार, १२ पुस २०७८

जन्म दिनको एक दिनअघि सलमान खानलाई  विषालु सर्पले एक पटक होइन ३ पटक टोकेको थियो । यो खबरले उनका सबै फ्यानहरुलाई चिन्तित बनाएको थियो । यद्यपि केही घन्टाको उपचारपछि सलमान खानलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । सलमान क्रिसमस र आफ्नो जन्मदिन मनाउन पनवेलमा रहेको फार्महाउस गएका थिए । अब आएर भने सर्पले टोकेको कुरा उनी स्वयंले नै मिडियालाई बताएका छन् ।

‘एउटा सर्प फार्म हाउसको भित्र आएको थियो । मैले लठ्ठीको सहयोगमा त्यसलाई बाहिर फ्याक्ने कोसिस गरेँ । तर यसो गर्दागर्दै सर्प मेरो हातमा चढ्यो । मैले त्यसलाई समातेर हटाउन चाहेँ, तर त्यति नै बेला त्यसले मलाई तीनपटक टोक्यो । त्यो एक विषालु सर्प थियो । सर्पले टोकेपछि म करिब ६ घण्टा अस्पतालमा रहेँ । यद्यपि, अहिले म ठिक छु,’ सलमानले बताए ।

‘अस्पतालमा राम्रो सुविधा हुनु मेरा लागि राम्रो थियो । अस्पतालमा सबै किसिमका एन्टि भेनम थियो । हाल सम्म सबै प्रकारका एन्टि भेनम (क्रेट, वाइपर, कोबरा) सबैको खोप लिइसकेको छु,’ सलमानको भनाई थियो । पछि समातेर सर्पलाई जंगलमा लगेर छोडिएको छ ।

 


 

आइतबार राती मुम्बईको ग्यालेक्सीमा देखिए दबंगः

​आइतबार राती सलमान आफ्नो मुम्बईस्थित घर ग्यालेक्सीमा थिए । प्रशंसकको भीड बाहिर थिए किनभने २७ डिसेम्बर सलमान खानको जन्मदिन हो र प्रशंसक उनलाई शुभकामना दिन त्यहाँ पुगेका थिए । सलमान पनि आफ्ना प्रशंसकका लागि घर बाहिर आए र उनीहरुको अभिवादन स्विकार गरे ।

सलमान खानले १९८८ मा फिल्म ‘बीबी हो तो ऐसी’ बाट बलिउडमा डेब्यू गरेका थिए । तर उनलाई सुरज बडजात्याको फिल्म मेने प्यार कियाबाट  लोकप्रियता मिलेको थियो । आज सलमानका करोडौं फ्यान छन् । उनका सबै फिल्मको छुट्टै क्रेज हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप