फिल्म ‘चुरीफुरी’ले ल्यायो नयाँ गीत
शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘चुरीफुरी’ले नयाँ गीत ल्याएको छ । ‘निष्ठुरीले छाडि’ शीर्षकको गीतमा गायक विश्व नेपालीको स्वर छ ।
गीत फिल्मका अभिनेता अभिषेक श्रेष्ठ तथा अभिनेत्री पूजा पन्तमाथी छायाँकन गरिएको छ । दीपक शर्मा तथा ऋषिराज आचार्यको शब्द तथा दीपककै संगीत गीतमा छ । गीतमा भीमफेदी ग्रुपको कोरियोग्राफी रहेको छ ।
फिल्म अहिले पनि प्रदर्शनरत छ । ऋषिराज आचार्यको निर्देशन रहेको फिल्मले अपेक्षित दर्शक पाउन भने सकेको छैन । निर्देशक आचार्य भने ‘चुरीफुरी’ लाई दर्शकले मनपराइरहेको प्रतिक्रिया दिएका छन् । निर्देशक आचार्यका अनुसार फिल्मलाई सिंगल थिएटरमा दर्शकले राम्रो साथ दिइरहेका छन् ।
विदेशी फिल्मका कारण मल्टिप्लेक्समा भने यो फिल्मले निकै कम शो पाएको छ । निर्देशक आचार्य दर्शकको यस्तै साथ रहे शो संख्या बढ्न सक्ने बताउँछन् ।
रविन्द्र झा, सुबोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्य, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, रश्मि आचार्य, जोया ढकाल, तुलसी प्रसाद श्रेष्ठ, मनिल तामाङ, ऋतु आचायलगायतका कलाकारको अभिनय फिल्म छ ।
विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी सह–निर्माता रहेको फिल्मको ऋषिराज आचार्य र रीना ढकाल भण्डारी निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण