शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा थप दुई नयाँ खोप र चक्कीलाई कोभिडविरुद्ध प्रयोग गर्न अनुमति

मङ्गलबार, १३ पुस २०७८, १४ : ०१
मङ्गलबार, १३ पुस २०७८

भारतले कोभिडविरुद्ध विकसित गरेको दुई नयाँ खोप कोभोभ्यास र कोर्बिभ्याक्सलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । त्यस्तै, कोभिडविरुद्ध खाने चक्की पनि प्रयोगमा आउने भएको छ । यी तीन ओटै औषधि कोभिडविरुद्धको अभियानमा प्रभावकारी हुने जनाइएको छ ।

दुबै नयाँ खोप आगामी दिनमा बुस्टर डोजको रुपमा प्रयोग गरिने सरकारले जनाएको छ । योसँगै भारतमा कोभिडविरुद्ध आपत्कालीन प्रयोगमा ल्याइएका खोपको संख्या आठ पुगेको छ ।

यसअघि कोभिडशिल्ड, कोभ्याक्सिन, जाइकोभ–डी, रसियाको स्पतुनिक भी, अमेरिकामा विकसित गरिएको मोडेर्ना र जोनसन एन्ड जोनसोनलाई भारतको औषधि नियामक निकाय इमर्जेन्सी युज अथराइजेसन (इयुए)ले अनुमोदन गरेको थियो । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि कोभोभ्यासलाई आपत्कालीन प्रयोगको सूचीमा राखेको छ । भारतले प्रयोगका लागि अनुमति दिएको नयाँ खोप कोर्बिभ्याक्सलाई भारतको वायोलोजिकल इ लिमिटेडले विकसित गरेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप