प्रचण्डको प्रतिवेदनमाथि प्रतिप्रश्न : कम्युनिस्टहरु सत्तामा गएपछि किन जनमुखी काम गर्दैनन् ?
नेकपा माओवादीको ८ औ महाधिवेशन अन्तर्गत समुह नेताले सुझाव पेश गरिरहेका छन् । यसै क्रममा समुह १४ का समुह नेता टंक राईले समुहको छलफलपछि बन्दसत्र हलमा आफ्नो समुहको निश्कर्ष सुनाएका छन् । त्यसक्रममा उनले प्रचण्डको प्रतिवेदनले धेरै कुरा समेटेको भएपनि न्यायालयमा हुने भ्रष्टाचारबारे पार्टीको स्पस्ट धारणा आउनुपर्ने, पार्टीले आगामी दिनमा भ्रष्टाचारमा शुन्य ;सहनशीलताको नीति अपनाउनुपर्ने लगायतका सुझाव राखेका छन् ।
त्यस्तै २०६२ पछि भएका मधेस आन्दोलनको समिक्षा, नागरिक आन्दोलनलाई समेत सम्बोधन गर्दै संविधान संशोधनका लागि पहल गर्नुपर्ने बताएका छन् । सुझाव पेश गर्ने क्रममा उनले कम्युनिस्टहरु जनताका कुरा उठाएर सत्तामा जाने तर सत्तामा गएपछि जनमुखी काम गर्न नसक्ने अवस्थाको अन्त्यका लागि दस्तावेजमा खुलाइनुपर्ने सुझाव दिएका छन् ।
‘कम्युनिस्टहरु सत्तामा पुगेपछि किन जनमुखी काम गर्न सक्दैनन् ?यसबारे दस्तावेजमा प्रस्ट पारिनुपर्छ’, राईको भनाइ छ । त्यस्तै उनले प्रचण्डपथलाई विचारधाराका रुपमा अघि बढाउन पनि सुझाव पेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द
-
बागमती प्रदेश : दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
-
जेठमा ५ फिल्म रिलिज हुने : स्टारको भिडन्त, कथामा भेराइटी
-
सहकारी पीडितका पक्षमा उभिए कास्कीका राजनीतिक दल, गृहमन्त्री जिम्मेवार नभएको आरोप
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची