माओवादी महाधिवेशनको पाँचौ दिन : सबै समूहको सुझाव पेसपछि नयाँ नेतृत्व चयन हुने
नेकपा माओवादी केन्द्रको महाधिवेशन जारी छ । गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि समूहका नेताले आज पनि निश्कर्ष सुनाउँदै छन् ।
२५ वटा समूह बनाएर गरिएको प्रतिवेदनमाथिको छलफलमा ११ वटा समूहले बुधबार सुझावसहितको निष्कर्ष सुनाएका थिए । बुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्बाङ राई र हर्कबहादुर नेम्वाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहगत छलफलको निष्कर्ष पेश गरेका छन् ।
२५ मध्ये बाँकी १३ समूहका तर्फबाट समुह नेताले आज बिहीबार आफ्नो समुहको निश्कर्ष सुनाउनेछन् । २५ वटै समूहको प्रस्तुतिपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची छ । महाधिवेशनमा बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।
झण्डै १७ सयको संख्यामा रहेका महाधिवेशन प्रतिनिधिहरुले यी दुवै प्रतिवेदनमाथि छलफल गरेर सुझावसहितको निश्कर्ष सुनाएका हुन् ।
बिहीबार बिहान ११ बजेदेखि बन्द सत्र पुनःसञ्चालन हुनेछ । महाधिवेशन बिहीबार समापन गर्ने योजना रहेपनि बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न समय लागेकाले शुक्रबारमात्र समापन गर्ने माओवादीको तयारी छ ।
माओवादी स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ अध्यक्षले दिएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
-
फेरिएको गृह मन्त्रालय : समस्या लिएर आउँछन् नागरिक, तत्कालै हुन्छ सम्बोधन
-
बागमती संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता
-
वर्षाले खेल रद्द हुँदा हैदराबाद आईपीएलको प्लेअफमा