शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको बन्दसत्रमा १४ टोली नेताले रिपोर्ट प्रस्तुत गर्नेक्रम जारी

बिहीबार, १५ पुस २०७८, ११ : ४५
बिहीबार, १५ पुस २०७८

नेकपा माओवादी केन्द्रको बन्दसत्र अन्तरगत अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफलबाट निकालिएको निष्कर्षको रिपोर्ट पेश गर्ने क्रम जारी रहेको छ । बुधबारदेखि रिपोर्ट प्रस्तुत गर्ने क्रम सुरु भएको थियो भने सो दिन ११ टोली नेताले आफ्नो रिपोर्ट पेश गरेका थिए । यस्तै बिहीबार बाँकी १४ टोली नेताले आफ्नो रिपोर्ट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

बिहान ११ बजेदेखि सुरु भएको बन्दसत्रमा समन्वय समितिको तर्फबाट श्रीकृष्ण अधिकारीले आफ्नो रिपोर्ट पेश गरेका छन् । अन्य टोली नेताले पनि क्रमशः रिपोर्ट पेश गर्नेछन् । प्रचण्डले सोमबार प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्न १५ समूह विभाजन गरिएको थियो । छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गरेर सकेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने छ । 

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन पुस ११ गतेदेखि सुरु भएको थियो । ​

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप