मदनकृष्णले सार्वजनिक गरे सम्झनाको ‘नाचम नाचम’
शुक्रबार, १६ पुस २०७८, १२ : ०४
लामो समयदेखि अमेरिकामा रहदै आएकी गायिका सम्झना पाण्डेको नयाँ गीत ‘नाचम नाचम’ भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बीच हास्य कलाकार मदनकृष्ण श्रेष्ठले भिडियो सार्वजनिक गरेका थिए ।
डान्सिङ्ग नम्बरको रुपमा आएको गीतमा सम्झनालाई राजनराज शिवाकोटीले स्वरमा साथ दिएकी छन् । गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीकै छ । राजन इशानको संगीत संयोजन रहेको गीत उत्कृष्ट बनेको कलाकार श्रेष्ठले बताए ।
राहुल शाहको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा गम्भीर बिस्ट, सम्झना पाण्डे, राहुल शाह, साइलेश विष्ट र कविता न्यौपानेको अभिनय छ । हरि हुमागाईंको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन गीतमा छ । यसअघि ४ गीत सार्वजनिक गरिसकेकी पाण्डेले रेडियो नेपालको बाल कार्यक्रमबाट गायन थालेकी हुन् । उनी नर्स पेसामा पनि आवद्ध छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण