विवादमा मुछियो अक्षय र मानुषीको फिल्म ‘पृथ्वीराज’
अभिनेता अक्षयकुमार र पूर्व मिस वल्र्ड मानुषी छिल्लर अभिनित फिल्म रिलिज अगाडि नै विवादमा फसेको छ । पृथ्वीराजलाई फिल्ममा राजपुत देखाइएका कारण विवाद उत्पन्न भएको हो । राजस्थानका गुर्जर समाजका मानिसले फिल्मको रिलिज रोक्ने धम्की दिँदै पृथ्वीराज गुर्जर भएको र फिल्ममा उनलाई राजपुत देखाइएको आरोप लगाएका छन् ।
राजपुत समाजका मानिसले भने गुर्जर समाजको भनाई गलत भएको बताउँदै आएका छन् । फिल्मको बिषयमा यस अगाडि पनि करणी सेनाका मानिसले विरोध जनाएका थिए । फिल्मको टाइटल अधुरो रहेको बिषयमा उनीहरुको बिरोध रहेको थियो । केही विभिन्न समुदायका मानिसले फिल्म परिवर्तन भएन भने रिलिज गर्न नदिने धम्की समेत दिएका छन् ।
‘पृथ्वीराज’ २२ जनवरी २०२२ मा रिलिजको तयारीमा छ । चन्द्रप्रकाश द्विवेदीको निर्देशन रहेको ऐतिहासिक फिल्म विभिन्न समूदायको विवाद र कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण रिलिज सर्ने अनुमान समेत गरिएको छ । फिल्ममा अक्षय र मानुषीको अलवा सञ्जय दत्त, सोनु सुदको पनि मुख्य भूमिका छ ।
पृथ्वीराज गुर्जरो समुदायको भएको र राजपुत नभएको गुजरोको भनाई श्री राजपुत करणी सेनका राष्ट्रिय प्रवक्ता विजेन्द्रसिंह शक्तावतले बताए । उनले भने, ‘गुर्जर सुरुमा गौचर थिए । जो पछि गुज्जर हुँदै गुर्जरमा परवर्तन भए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज
-
श्रम संस्कृतिको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो ?
-
‘घाइतेलाई ब्याक गरेर मार्ने प्रवृत्ति अन्त्यका लागि कानुन संशोधन गर्न इन्दिरा रानामगरको माग
-
प्रधानमन्त्रीले संसदमा जवाफ नदिई पार्टी महाधिवेशनमा प्रतिक्रिया दिएको भन्दै आपत्ति
-
पर्सा र बाराका सीमा नाकामा गृहमन्त्रीको छड्के
-
रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्ताव पारित गरेको भन्दै कांग्रेसको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण