एकसाथ तीन प्रोजेक्टमा अनुष्का
शनिबार, १७ पुस २०७८, ११ : २४
बलिउड अभिनेत्री अनुष्का शर्मा पुनः अभिनयको दुनियाँमा आउने तयारी गरिरहेकी छन् । उनी पछिल्लोपटक आनन्द एल रायको फिल्म ‘जीरो’मा देखिएकी थिइन् । जुन फिल्म फ्लप साबित भएको थियो । यद्यपि अब उनी एकसाथ तीन प्रोजेक्टमा देखिँदैछिन् । जसमा दुई फिल्म हुनेछन् भने एक ओटीटी ।
उनी निकट स्रोतका अनुसार उनी ठूला बजेटका दुई फिल्म र ठूलै बजेटको ओटीटी प्रोजेक्टमा देखिँदैछिन् । यी प्रोजेक्टको घोषणा नयाँ वर्ष २०२२ को सुरुवाती समयमा गरिनेछ । उनका तीनवटा प्रोजेक्टको नाम हालसम्म गोप्य नै राखिएको छ ।
उनको फिल्म ‘जीरो’ फ्लप भए पनि उनी ‘सुल्तान’, ‘पीके’ र ‘सञ्जु’ जस्ता महंगा बजेटको फिल्मको हिस्सा बनिसकेकी छन् । उनी भारतीय क्रिकेटर झूलन गोस्वामीको बायोपिकमा पनि अभिनय गर्ने चर्चा चले पनि उनले यो कुरालाई अस्वीकार गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज
-
श्रम संस्कृतिको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो ?
-
‘घाइतेलाई ब्याक गरेर मार्ने प्रवृत्ति अन्त्यका लागि कानुन संशोधन गर्न इन्दिरा रानामगरको माग
-
प्रधानमन्त्रीले संसदमा जवाफ नदिई पार्टी महाधिवेशनमा प्रतिक्रिया दिएको भन्दै आपत्ति
-
पर्सा र बाराका सीमा नाकामा गृहमन्त्रीको छड्के
-
रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्ताव पारित गरेको भन्दै कांग्रेसको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण