शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार जना घाइते

मङ्गलबार, २० पुस २०७८, १० : ५८
मङ्गलबार, २० पुस २०७८

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-३ रनगाईमा ट्याक्टर पल्टिदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर मंगलबार बिहान ७ बजे दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।  बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका र बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए ।

बालुवा लिनको लागि मजदुर लिएर बुद्धभूमि ४ बुड्ढी जाने क्रममा सडकदेखि करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप