आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

यस्तो छ ‘चपली हाइट ३’ को शीर्ष गीत

बुधबार, २१ पुस २०७८, ११ : ४४
बुधबार, २१ पुस २०७८

३० पुसदेखि प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको प्रचार प्रसारलाई थप उचाइ दिन गीत ल्याइएको हो । गीतमा फिल्मका निर्माता अर्जुन कुमारकै स्वर छ । डिपी खनालको शब्द रहेको गीतमा  सुभाष भुषाल र अर्जुन कुमारको संगीत भरेका हुन् । गीतमा फिल्म भित्रका दृश्य समावेश गरिएको छ ।

निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् । फिल्म क्राइम–थ्रिलर जनरामा निर्माण भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप