फेरि फिल्ममा देखिँदै बलिउडका यी हिट जोडी
वर्ष २०२२ मा बलिउडमा केही नयाँ कलाकार जोडी पर्दामा देखिने चर्चा छ । त्यसको अलवा यो बर्ष केही पुराना जोडी पनि पर्दामा फर्किदैछन् । जसको चर्चा अहिले ब्यापक हुन थालेको छ । ती जोडी यस्ता छन् ।
शाहरुख खान र दीपिका पादुकोण :
शाहरुख र दीपिकाले पहिलो पटक फिल्म २००७ मा फिल्म ‘ओम शान्ति ओम’ मा काम गरेका थिए ।
दीपिकाको यो डेब्यु फिल्म थियो । त्यसपछि दुबै २०१३ मा ‘चेन्नई एक्सप्रेस’ र २०१४ मा ‘ह्याप्पी न्यु इयर’ अभिनय गरे । अब भने दुबै एकसाथ फिल्म ‘पठान’ मा देखिँदैछन् । फिल्मको अहिले सुटिङ जारी छ । फिल्म यो वर्षको अन्त्यसम्म रिलिज हुने बताइन्छ ।
आमिर खान र करिना कपुर खान :
आमिर र करिनाले फिल्म ‘थ्री इडियट्स’, ‘तलाश’ जस्ता हिट फिल्ममा एकसाथ काम गरेका थिए । यो जोडी अब अद्वैत चन्दनको फिल्म ‘लाल सिंह चढ्डा’ मा देखिने छन् । फिल्म १४ अप्रिलमा रिलिज हुँदैछ ।
अक्षयकुमार र भुमि पेडनेकर :
अक्षयकुमार र भुमि सोशल ड्रामा फिल्म ‘ट्याइलेट एक प्रेम कथा’ मा देखिएका थिए । अब फेरि पाँच वर्षपछि यी दुबै आनन्द एल रायको फिल्म ‘रक्षा बन्धनमा देखिँदैछन् । फिल्मको रिलिज मिति ११ अगस्ट भनिएको छ ।
कार्तिक आर्यन र कृति सैनन :
कात्र्तिक र कृति २०१९ मा फिल्म ‘लुकाछिपी’ मा एकसाथ देखिएका थिए । अब यी दुबै फिल्म ‘शहजादा’मा देखिँदैछन् । जसको सुटिङ अहिले दिल्लीमा जारी छ ।
टाइगर श्राप र कृति सैनन :
टाइगर र कृतिले २०१४ मा फिल्म ‘हिरोपन्ती’ मा पहिलो पटक एकसाथ काम गरेका थिए । दुबैको जोडी पर्दामा राम्रो जमेको थियो । अब भने उनीहरु फिल्म ‘गनपथ’ मा देखिनेछन् । फिल्म यसै वर्ष रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज
-
श्रम संस्कृतिको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो ?
-
‘घाइतेलाई ब्याक गरेर मार्ने प्रवृत्ति अन्त्यका लागि कानुन संशोधन गर्न इन्दिरा रानामगरको माग
-
प्रधानमन्त्रीले संसदमा जवाफ नदिई पार्टी महाधिवेशनमा प्रतिक्रिया दिएको भन्दै आपत्ति
-
पर्सा र बाराका सीमा नाकामा गृहमन्त्रीको छड्के
-
रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्ताव पारित गरेको भन्दै कांग्रेसको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण