युट्युवबाट हट्यो मेलिनाको ‘हे दैव’ गीत
गायिका मेलिना राई र गायक किरण गजमेरको नयाँ गीत ‘हे दैव’ युट्युवबाट हटेको छ । गीतलाई चोरीको आरोप लागेपछि बुधबार युट्युवबाट हटाइएको हो । गीतकार भुपेन्द्र खड्काले गीत आफ्नो ‘आधा सपना’ बाट चोरी भएको दाबी गरेपछि गीत युट्युवबाट हटाइएको हो । ‘हे दैव’ गीत रमेश एमके पौडेलको रचना तथा सुवास भुसालको संगीतमा बाहिर आएको थियो ।
चोरी भएको गीत भूपेन्द्रको शब्दमा २०६१ सालमा रेकर्ड भएको गीत २०६२ मा एल्बम ‘आधा सपना’ मार्फत बाहिर आएको थियो । कर्णदासको स्वर रहेको गीतमा ‘भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो, हामीबीचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो’ शब्द छ । ‘हे दैव’ गीत यहि हरफसँग मिल्न गएको हो ।
‘मैले चोरी गर्ने मानिसलाई क्षतिपूर्ति दावी गर्ने कुरा गरेको थिए’ गीतकार खड्काले भने, ‘मैले त्यसो गर्नु अगाडि नै गीत हटाइएको छ ।’ सम्बन्धित पक्षले गल्ती स्वीकार्दै गल्ती नदोहोर्याउने वाचा गरेकाले क्षतिपूर्ति दावीतिर अहिले आफु नलागेको खड्काले सुनाए ।
गीत चोरीको बिषयमा ‘हे दैव’ गीतका रचनाकार रमेश एमके पौडेलसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । रामजी लामिछानेले निर्देशन गरेको ‘हे दैव’ गीतको भिडियोमा सलोन बस्नेत र रुविना थापाको अभिनय रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण