शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही र रोल्पामा भएको दुर्घटनामा दुई जनाको मृत्यु

बिहीबार, २२ पुस २०७८, १३ : ५८
बिहीबार, २२ पुस २०७८

रुपन्देहीमा गएराति ट्रकले ठक्कर दिँदा एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । त्यस्तै, रोल्पामा ट्याक्टरबाट खसेर एक जना सह–चालकको पनि मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवा चोकमा  ना ४ ख ८९४० नम्बरको ट्रकले लु ७० प २४४० नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१७ बस्ने २२ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको  प्रहरीले जनाएको छ  ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको  हो । घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी बर्दघाट नगरपालिका–११ बस्ने २५ वर्षीय मन बहादुर चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, रोल्पाको  सुनिल स्मृति गाउँपालिका–३डोम्फेस्थित सडकमा ना ७ त ६४२६ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरका  सहचालक सुनछहरी गाउँपालिका–५ जुवाङ बस्ने १९ वर्षीय पूर्ण सिंह बिकको मृत्यु भएको प्रहरीले जनाएको छ  । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको लागि सुलिचौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ  । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप