इन्डियन आइडल ‘पवनदीप राजन’ ले ठमेलमा दर्शक नचाउने
इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् । काठमाडौँका दर्शक नचाउन पवनदीप नेपाल ल्याउन लागेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए ।
पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता काजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण छ । जनस्वास्थ्यको मापदण्ड अपनाएर भए पनि सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । यसअघि एलओडीमा बलिवुड तथा हलिवुडका कलाकारले प्रस्तुति दिइसकेका छन् ।
शनिबार बलिउड कलाकार असिम कौरको पनि दरबारमार्गमा रहेको क्लब प्लेटिनममा ‘राता लम्बिया नाइट विथ आसीस कौर’ कन्सर्ट आयोजना हुँदैछ । जसका लागि उनी शुक्रबार मध्यान्न काठमाडौं आउँदैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण