गठबन्धनका उम्मेदवार जिताउन उपेन्द्र यादवको निर्देशन
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभा सदस्यको चुनावमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन पार्टी सम्बद्ध समितिहरुलाई निर्देशन दिएका छन् । माघ १२ गते हुने राष्ट्रियसभा सदस्यहरुको निर्वाचनमा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा पार्टी नेपाल सहितको संयुक्त गठबन्धनका साझा उम्मेदवारहरूलाई जिताउन अध्यक्ष यादवले समितिहरुलाई निर्देशन दिएका हुन् ।
अध्यक्ष यादवले प्रदेश र जिल्लास्तरमा समन्वय गरी चुनावी अभियान सञ्चालन गर्नका लागि समेत समितिहरुलाई निर्देशन दिएका छन् ।
उता, विभिन्न प्रदेशहरुमा पार्टी–पार्टीबीच समन्वय गर्नका लागि गठबन्धनमा रहेका विभन्नि दलहरुको तर्फबाट जिम्मेवारी समेत तोकिएको छ । त्यसरी जिम्मेवारी तोकिएका नेताहरुसँग समन्वय गर्न पनि उनले समितिलाई निर्देशन दिएका छन् ।
जिम्मेवारी तोकिनेहरुमा प्रदेश १ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट घनेन्द्र वस्नेत, माओवादी केन्द्रबाट राम कार्की, जसपाबाट अशोक राइ, काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, राजमोबाट हरिकान्त पौडेल रहेका छन् । त्यस्तै प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट रामचन्द्र यादव, माओवादी केन्द्र गणेश शाह, जसपाबाट मृगेन्द्रकुमारसिंह यादव, काँग्रेसबाट रमेश रिजाल, राजमोबाट धर्मानन्द सुवेदीलाई जिममेवारी दिइएको छ ।
बागमती प्रदेशमा काँग्रेसबाट प्रकाश महत, नेकपा एकीकृत समाजवादी पार्टीबाट केदार न्यौपाने, माओवादी केन्द्रबाट हितमान शाक्य, जसपाबाट गंगानारायण श्रेष्ठ, राजमोबाट लालबहादुर थापा, गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीबाट केशवलाल श्रेष्ठ, माओवादी केन्द्रबाट हितराज पाण्डे, जसपाबाट हरिशरण आचार्य, राजमोबाट शंकर बराल, काँग्रेसबाट रामचन्द्र पौडेललाई गठनबन्धनले जिम्मेवारी दिएको छ ।
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट चक्रपाणि खनाल, नेकपा एकीकृत समाजवादी पार्टीबाट भागवत विश्वासी, जसपाबाट सहसराम यादव, राजमोबाट सुरेश थापा, काँग्रेसबाट बालकृष्ण खाँण, कर्णाली प्रदेशमा माओवादी केन्द्रको तर्फबाट शक्ति बस्नेत, काँग्रेसबाट जीवन शाही, नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रकाश ज्वाला, जसपाबाट भक्तबहादुर शाही, राजमोबाट जनकराज शर्मालाई गठबन्धनले जिम्मेवारी दिएको छ ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृतबाट विक्रम शाही, माओवादी केन्द्रबाट खगराज भट्ट, काँग्रेसबाट दिलेन्द्र बडु, राजमोबाट नन्दराज भट्ट, जसपाबाट मालामति चौधरीलाई जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण